२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

एमालेले संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न बनायो उपसमिति

Nada
२०८३ जेठ ३१ गते १९:२०
Shares
एमालेले संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न बनायो उपसमिति

काठमाडौँ : नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलले संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा संशोधनका आवश्यकताबारे अध्ययन गरी प्रस्ताव तयार गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन् । उपसमितिले सुझाव सङ्कलनको कार्ययोजना र विस्तृत कार्यतालिका आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।

बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन राजनीतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल तथा दलहरूले गठन गरेका कार्यदलसँग संवाद, छलफल र अन्तरक्रिया गर्न पहल गर्ने निर्णय पनि गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर