२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बालक मृत्यु घटनामा ट्याक्टरलाई फसाउन लागेको आरोप

Nada
कृष्ण तिवारी
२०८२ चैत २१ गते २१:४२
Shares
बालक मृत्यु घटनामा ट्याक्टरलाई फसाउन लागेको आरोप

रौतहट : रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियामा फलामे गेट ढलेर बालकको मृत्यु भएको घटनाको १ महिनापछि ट्याक्टरलाई  फसाउन लागेको आरोप लागेको छ । 

ncell

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा रौतहट क्षेत्र नं. ४ का सांसद प्रत्याशी राजकुमार दासले उक्त घटनामा षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको आरोप लगाए । शनिबार पत्रकार सम्मेलन गर्दै नेता दासले करिब एक महिनाअघि भएको उक्त घटनामा आफ्नो नाम जोडेर गलत प्रचार गरिएको प्रति  गम्भीर आपत्ति जनाए । 

गत फागुन १७ गते पूर्वमन्त्री तथा प्रदेश सांसद शेख अबुल कलाम आजाद उर्फ शेख फूलबाबुको गढिमाई नगरपालिका ३ गमहरिया गाउँस्थित कम्पाउन्डको फलामे गेट ढलेर च्यापिँदा स्थानीय सबिया खातुनका करिब १० वर्षीय छोरा मोहम्मद अल्फाजको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनापछि मृतकका परिवारले दासको डिजे बाजा लोड गरिएको ट्याक्टरले ब्याक गर्ने क्रममा गेटमा ठक्कर दिँदा गेट ढलेर बालकको मृत्यु भएको आरोप लगाएका थिए । तर दासले उक्त आरोप अस्वीकार गर्दै आफ्नो ट्याक्टरले न गेटमा ठक्कर दिएको न बालकको मृत्युमा कुनै भूमिका रहेको दाबी गरे । 

‘गेट आफैँ ढलेर दुर्घटना भएको हो, मेरो ट्याक्टरको कुनै संलग्नता छैन,’पत्रकार सम्मेलनमा उनले भने । 

उनका अनुसार घटनाका बेला केही बालबालिका गेटमा झुन्डिएर खेलिरहेका थिए र सोही क्रममा एक्कासी गेट ढलेर बालक च्यापिँदा मृत्यु भएको हो । गेट भन्दा पर कम्पाउन्डभित्र आफ्नो ट्याक्टर पार्क गरिएकै कारण आफूलाई जबरजस्ती फसाउने प्रयास भएको उनको भनाइ छ । दासले आफू राजनीतिक व्यक्तित्व भएकै कारण विपक्षीको उक्साहटमा पीडित परिवारलाई प्रयोग गरी षड्यन्त्र गरिएको आरोपसमेत लगाए । 

साथै, प्रहरीलाई पैसा खुवाएर जाहेरी दर्ता हुन नदिएको भन्ने आरोप पनि पूर्ण रूपमा झुटो र भ्रामक रहेको उनले बताए । 

उता इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले पनि प्रारम्भिक अनुसन्धानमा ट्याक्टरको संलग्नता नदेखिएकोले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै जाहेरी लिन अस्वीकार गरिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले पनि प्रारम्भिक अनुसन्धानबाट ट्याक्टरले ठक्कर दिएको प्रमाण नभेटिएको जानकारी दिए । 

उनका अनुसार बालबालिका गेटमा झुन्डिएर खेलिरहेको अवस्थामा गेट आफैँ ढलेर दुर्घटना हुँदा च्यापिएर बालकको मृत्यु भएको देखिएको छ । बालबालिका गेटमा झुन्डिएर खेलिरहेको अवस्थामा गेट आफै ढलेर दुर्घटना हुँदा च्यापिएर बालकको मृत्यु भएको र घटनामा ट्याक्टरको कुनै संलग्नता नरहेको एसपी रिजालले बताए । तर चुनावपछि केहि नेताले पीडितलाई आफूविरुद्ध षड्यन्त्रपूर्ण तरिकाले फसाउन खोजेको नेता दाशले गुनासो गरेका छन् ।

uae

ताजा खबर

सम्बन्धित खबर