२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

देवदहमा सर्पदंश तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतना

Nada
सुरेश भट्ट आश्रिन
२०८१ साउन २० गते १४:३९
Shares
देवदहमा सर्पदंश तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतना

रुपन्देही : रुपन्देहीको देवदहमा “सर्पदंश तथा स्पन्दन एवम् डेंगु रोग नियन्त्रण”सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र राइज हेण्डस नेपालको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

ncell

गर्मीयाम शुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट मृत्यु हुने र पीडित हुनेहरुको संख्या बढ्दो छ । सर्पले टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न सुरक्षाविधि र विसालु सर्प चिन्ने सहज तरिका दृश्यचित्र मार्फत स्थानीयलाई बताइएको थियो । 

बाहिर हिँड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्रायःजसो बाहिर हुने भएका कारण टर्चलाइट वा लाल्टिन बालेर जाने, भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही हदसम्म बच्न सकिने सर्प उद्धारकर्ता अश्विन ओझाले बताए । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै  देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकसकोटीले  स्थानीय सरोकारवालाले गर्नुपर्ने काम उज्यालो लाल्टिन प्रतिष्ठानले गरेकोमा आयोजक संस्थाक धन्यवाद व्यक्त गरेका थिए ।

सर्पले टोकेपछि देखिने लक्षण

-बान्ता हुने

-रिंगटा लाग्ने

-आँखा लटपटिने हुने

-आँखा धमिलो हुने

-सर्पले टोकेको ठाउँ सुन्निने, निलो डाम हुने

-जिब्रो निकाल्न वा मुख खोल्न गाह्रो हुने

सर्पले टोकेको कति समयभित्र अस्पताल पुर्‍याउने ?

सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्‍याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ । एन्टी स्नेक भेनम नामक औषधिमार्फत सर्पले टोकेको उपचार हुन्छ । यो औषधि सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।

ताजा खबर

सम्बन्धित खबर