२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रभु बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

Nada
२०८१ साउन १५ गते २२:१०
Shares
प्रभु बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं : प्रभु बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटमा रहेको र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका कर्मचारी एवम् ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ ।

ncell

सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सविन राणा तथा र्‍याडिसन होटलका निर्देशक (फुड एन्ड बेभेरेज) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुंगानाले हस्ताक्षर गरेका छन् ।

र्‍याडिसन होटल एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी एवम् ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध गराउने विभिन्न सेवा तथा सुविधा मध्ये खाना, पेस्ट्री सप, ट्रनक्युलिटी स्पाका साथै र्‍याडिसन होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

ताजा खबर

सम्बन्धित खबर