२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भारतमा पहिरोमा परी २४ जनाको मृत्यु

Nada
२०८१ साउन १५ गते १४:३६
Shares
भारतमा पहिरोमा परी २४ जनाको मृत्यु

काठमाडौंः भारतमा भारी मनसुनी वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

ncell

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको  प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दा सम्म विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको बताउदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताइन् । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २ सयभन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् । उनले घटना प्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गरेका छन् । केरलामा मंगलबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर