२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

रहबर अन्सारीद्वारा पार्टी परित्याग

Nada
२०८२ पुष २४ गते १५:३७
Shares
रहबर अन्सारीद्वारा पार्टी परित्याग

काठमाडौं : तत्कालीन नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा मधेश प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । बिहीबार अन्सारीले हुलाकमार्फत राजीनामा पत्र पठाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

ncell

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाएको पत्रमा उनले ‘सागर के तुफान को भी हमने बस में किया है..’ गीतका पंक्ति उद्धृत गर्दै यो गीत अब प्रचण्डको स्मृतिमा मात्रै बाँकी रहने बताएका छन् । ‘साहस, इमान, र जोखिम’ तीन वटै कुरा पार्टीले त्यागिसकेको समेत राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दर्जन बढी पार्टीबीच एकता भएपछि अन्सारी चिढिएका थिए । उनले विभिन्न सार्वजनिक कार्यक्रममा समेत प्रचण्डले माओवाद त्यागेको भन्दै नरमशैलीमा आलोचना गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर