२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

स्रोत नखुलेको करिब साढे चार लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन १० गते १८:५७
स्रोत नखुलेको करिब साढे चार लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ

रौतहट : रौतहटमा प्रहरीले स्रोत नखुलेको करिब साढे चार लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविन सीमा सुरक्षा गुल्मबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले स्रोत नखुलेको चार लाख ४० हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको सितामढी बैरगनिया-८ अशोगी टोलका अन्दाजी ४७ वर्षीय प्रदिप कुमार वर्मा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । 

बिआर३०एसी ७९१४ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका उनको साथबाट स्रोत नखुलेको एक हजार रुपैयाँको नोट ३९० थान र पाँच सय रुपैयाँको नोट एक सय थान गरी जम्मा चार लाख ४० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्रोत नखुलेको रकम र मोटरसाइकलसहित वर्मालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise