२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

ग्लोबल आइएमईले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना

shivam cement
मध्यान्ह
२०८२ असोज १० गते २०:५६
ग्लोबल आइएमईले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना

काठमाडौं : ग्लोबल आइएमई बैंकले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ । बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेगरी बैंकले सो योजना ल्याएको हो ।

यो योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् । यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम् ६ महिना देखि अधिकतम् २ वर्ष सम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकका अनुसार मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैँले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफूले इच्छाईएको रकम समेत ‘गोल बेस्ड सेभिङ’ मा टप अप गर्न सक्नेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise