२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

सानिमा रिलायन्स लाइफले दियो कर्मचारीलाई प्रशिक्षण

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते २०:४२
सानिमा रिलायन्स लाइफले दियो कर्मचारीलाई प्रशिक्षण

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकासका लागि दुईदिने तालिम गरेको छ । संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण ‘शीर्षक रहेको सो कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललगायत प्रमुख कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाल बिमा प्रधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए । सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कर्मचारीका लागि कार्यस्थलको मूल मान्यता, नैतिक मानक र अनुपालन आवश्यकताबारे चर्चा गर्दै, आफ्ना सहकर्मी र अन्य आन्तरिक तथा बाह्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम गर्न आफूमा के–कस्ता परिवर्तन ल्याउन आवश्यक पर्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेको थियो ।

कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरशः पालना गरिने बताए । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ सय ६९ शाखा तथा उपशाखा, तथा १८ वटा योजनामार्फत जीवन बिमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीमा २१ हजारभन्दा बढी अभिकर्ताहरू आबद्ध छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise