२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

राजापुरमा अपाङ्गता भएका बालबालिकासम्बन्धी नीति निर्माण कार्यशाला

shivam cement
सन्तोष पौडेल
२०८२ असोज १० गते १२:०७
राजापुरमा अपाङ्गता भएका बालबालिकासम्बन्धी नीति निर्माण कार्यशाला

बर्दिया : बर्दियाको राजापुर नगरपालिकामा अपाङ्गता भएका बालबालिकासँग सम्बन्धित स्थानीय नीति निर्माण कार्यशाला आयोजना गरिएको छ । 

कार्यशाला इजुकेसनल अपरच्युनिटी फाउन्डेसनको आर्थिक सहयोग, गुड नेवर्स युके र गुड नेवर्स इन्टरनेसनल नेपालको प्राविधिक सहयोग तथा सेवक नेपाल कैलालीको संयोजनमा आयोजना गरिएको हो ।

अपाङ्गता भएका बालबालिकाको अधिकार, पहुँच, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाबारे नीतिगत पहल र स्थानीय तहको भूमिकाबारे कार्यशालामा छलफल गरिएको थियो ।

कार्यशालामा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुखहरू, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधि, अपाङ्गता भएका शिक्षक, अपाङ्ग सञ्जाल र अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा नीति निर्माणका लागि नगरपालिकामा अपाङ्गता भएका बालबालिकाले भोगिरहेका समस्या, आवश्यकताहरू र समाधानका उपायबारे सुझाव संकलन गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा समेत कार्यशाला आयोजना गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise