काठमाडाैं : काठमाडाैंको सोल्टिमोडबाट ४६ वर्षीय पुरुष बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-९ तिलगंगा बस्ने ४६ वर्षीय विष्णुराम श्रेष्ठ बेपत्ता भएका हुन् ।
काठमाडौंमा कृष्ण श्रेष्ठका नामले चिनिने उनी असोज २ गते बिहान देखि बेपत्ता भएका हुन् । सोल्टिमोडमा किराना तथा तरकारी पसल गर्दै आएका उनी छिमेकीको पसलमा चाबी बुझाएर हिँडेका हुन् ।
परिवारका सदस्यहरुले २ गते नै उनको खोजीकार्यका लागि प्रहरीमा निवेदन पेस गरे पनि हालसम्म भेटाउन सकेका छैनन् । देशको बदलिँदो परिस्थितिका कारण प्रहरीले खोजीकार्यमा तदारुकता नदेखाएको बेपत्ता श्रेष्ठकी श्रीमती शर्मिलाले गुनासो गरिन् ।
सेतो टिसर्ट र हाफपाइन्ट लगाएका गहुँगोरो वर्णका उनको खोजीका लागि सहयोग गर्न आफन्तहरूले अपिल गरेका छन् । उनलाई भेटाउनेले नजिकको प्रहरी कार्यालय वा श्रीमतीको मोबाइल नम्बर ९८४१७५९४०६ मा खबर गरिदिन पनि अनुरोध गरिएको छ ।