२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

तरकारी बोकेको ट्रकबाट गाँजा बरामद

shivam cement
तेज बन
२०८२ भदौ २९ गते २०:५१
तरकारी बोकेको ट्रकबाट गाँजा बरामद

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्यार्सेकाली पेट्रोल पम्प नजिकै तरकारी बोकेको ट्रकबाट ५ हजार किलो गाँजा बरामद गरिएको छ । जेन–जेड आन्दोलनबाट उत्पन्न विषम परिस्थितिको फाइदा उठाउँदै रातको समयमा अवैध गाँजा भारततर्फ लैजाने गरेको अवस्थामा इटहरीबाट बरामद गरिएको हो । 

शनिबार राति करिब साढे ९ बजे सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी पकलीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी पकलीका प्रहरी प्रमुख डीआइजी कुमार न्यौपानेका अनुसार रातको गस्ती क्रममा स्यार्सेकाली पेट्रोल पम्प अगाडि रोकिएका चारवटा ट्रकमध्ये ना ४ ख २७११ नम्बरको ठूलो ट्रक र बा ५ ख १९६९ नम्बरको मिनी ट्रकबाट गाँजा फेला पारिएको हो । 

उक्त ठूलो ट्रकबाट १३४ बोरा र मिनी ट्रकबाट २४ बोरा गरी ५ हजार किलो गाँजा बरामद भएको न्यौपानेले बताए । बाँकी दुई ट्रकमा भने पहाडी भेगबाट ढुवानी गरिएका तरकारी मात्र भेटिएको र ती तरकारी कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको ट्रकका चालक र अन्य कर्मचारी भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । तरकारीसँगै अवैध गाँजा लोड गरेर भारततर्फ लैजान खोजिएको सो ट्रक जेन–जेड आन्दोलनका बेला त्यहीँ छाडेर चालक फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

बरामद गरिएको गाँजा र ट्रक आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआइजी न्यौपानेले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise