२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आज अन्तरराष्ट्रिय परोपकार दिवस मनाइँदै

Nada
२०८२ भदौ २० गते ०७:०३
Shares
आज अन्तरराष्ट्रिय परोपकार दिवस मनाइँदै

काठमाडौँ : आज अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ । 

ncell

सन् २०१२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस, बास र कपासको व्यवस्था नभएकाहरूलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ । 

तस्बिर सौजन्य: संयुक्त राष्ट्रसंघ

सम्बन्धित खबर