२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वैदेशिक रोजगारीका नाममा ठग्ने चार पक्राउ

Nada
२०८२ भदौ २० गते ०६:२०
Shares
वैदेशिक रोजगारीका नाममा ठग्ने चार पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिन्छ भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

ncell

माल्दिभ्स पठाइदिने भन्दै एक जनाबाट दुई लाख ३० हजार रुपैयाँ उठाएका पर्साको बिन्दवासिनीका तुफायल मिया जोलाहा, युएई पठाउने भन्दै दुई लाख १० हजार रुपैयाँ लिएका रौतहटको परोहाका विक्रम साह, पोल्यान्ड पठाइदिने भन्दै ६ लाख २५ हजार  रुपैयाँ लिएका काठमाडौंको कीर्तिपुरका सहनशील महर्जन र युएई पठाइदिने भन्दै दुई लाख २३ हजार रुपैयाँ लिएकी बाँकेको कोहलपुरकी हरिकला खाँण ठकुरी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सबैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर