२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

नेपाल र साउदी अरेबियाबीचको श्रम समझदारी पत्र स्वीकृत, छिट्टै हस्ताक्षर हुने

shivam cement
मध्यान्ह
२०८२ भदौ १६ गते १७:०१
नेपाल र साउदी अरेबियाबीचको श्रम समझदारी पत्र स्वीकृत, छिट्टै हस्ताक्षर हुने

काठमाडौं : नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ । साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौतापत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको छ ।  

सन् २०१० देखि नै साउदीसँग श्रम सम्झौताको प्रयास हुँदै आएकोमा लामो समयको प्रयासपछि श्रममन्त्री शरतसिंह भण्डारीले यसलाई अन्तिम रूप दिएका छन् । लाखौं नेपालीको वैदेशिक रोजगार गन्तव्य रहेको साउदीसँग श्रम समझदारी गर्न बाटो खुलेको जानकारी मन्त्री भण्डारीले दिएका छन् ।

यो सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र इम्प्लोयर पे पोलिसी अनुसारको सुविधा प्राप्त गर्नेछन् । आगामी सबै श्रम सम्झौता पत्रमा नेपाली श्रमिकको आवश्यकता र प्राथमिकता तथा मानव अधिकारलाई केन्द्रमा राखिने मन्त्री भण्डारीको दाबी छ ।  

श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भिर रुपमा विश्लेषण गरिरहेको बताएका छन् । मन्त्रालयले विगतमा भएका श्रम समझदारीपत्रहरुको समेत विस्तृत समीक्षा गरिरहेको बताउँदै सचिव पुष्करले श्रमिक पठाउने मुलुकमा श्रम शोषण र मानव अधिकार उल्लंघनका विषयमा नेपाल सरकारले शून्य सहनशीलता नीति अपनाइएको बताए ।

नेपाल वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले नेपाल-साउदी श्रम सम्झौता स्वागतयोग्य रहेको बनाउँदै अन्य मुलुकमा समेत यस्ता सम्झौता गर्न सुझाव दिएका छन् । श्रम तथा रोजगार क्षेत्रका विज्ञ युवराज बस्नेतले नेपाली श्रमिक विदेशी भूमिमा सामाजिक संरक्षण प्राप्त गर्नेमा यो सम्झौताले ध्यान दिएको बताएका छन् ।  

सन् २०३४ मा हुने फिफा विश्‍वकप आयोजनाको तयारीस्वरुप साउदीले विगतका श्रम नीतिमा व्यापक सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्चमै सुधार गरिसकेको साउदीले श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको छ ।

कतारमा भएको विश्वकपमा श्रमिक शोषणको विषय अन्तर्राष्ट्रिय रुपमा उठेपछि साउदीले श्रमिकको अधिकार र सेवामा विशेष ध्यान दिएको देखिन्छ । यसअघि नै ‘साउदी फण्ड’ को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गरिसकेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise