२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न व्यक्ति पक्राउ

Nada
२०८२ भदौ १६ गते १३:३७
Shares
मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न व्यक्ति पक्राउ

कास्कीः मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–३ नालामुखस्थित सिन्धु खाजा घरका संचालक २३ वर्षीय सिन्धु किसानलाई प्रहरीले पक्राउ गरेको छ । 

ncell

सिन्धुले बालिकालाई ललाई फकाई विभिन्न प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर