२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८२ भदौ ६ गते १८:४९
Shares
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा इडियु सर्च नेपाल बानेश्वरका संचालक ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने कास्की पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय बसन्त कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

बसन्तले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

uae

सम्बन्धित खबर