२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई बुझायो ३० बुँदे सुझाव

Nada
२०८१ साउन २ गते २१:११
Shares
एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई बुझायो ३० बुँदे सुझाव

काठमाडौं : नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिकरूपमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ ।

ncell

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको विभागको टोलीले बुधबार सञ्चारमन्त्री गुरूङसमक्ष सञ्चार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव पेश गरेको हो ।

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगारमुलक सञ्चारमाध्यमको प्रवद्र्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थालगायत छन् ।

सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले यसलाई गम्भीरताका साथ कार्यान्वयनमा लग्ने प्रतिबद्धता जनाएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर