२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सञ्चारिका समूह दाङको अध्यक्षमा अधिकारी

Nada
२०८१ साउन २ गते २०:२३
Shares
सञ्चारिका समूह दाङको अध्यक्षमा अधिकारी

दाङ : सञ्चारिका समूह दाङको अध्यक्षमा रन्जिता अधिकारी चयन भएकी छिन् । समूहको तेस्रो साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सपना बोहरा, सचिवमा दिप्तिशिखा चौधरी, सहसचिवमा सुशीला ओली र कोषाध्यक्षमा उमा भण्डारी चयन भएकी छन् । 

ncell

त्यसैगरी सदस्यहरुमा भावना सुवेदी, लक्ष्मी पोख्रेल, सपना पौडेल, रिता लामा, जयन्ती चौधरी, विमला घर्ती, रमा नेपाली रहेका छन् । अन्य सदस्यहरु आगामी बैठकमा मनोनित गरिने नयाँ कार्यसमितिले जानकारी गराएको छ ।

सञ्चारिका जिल्ला अध्यक्ष सुलोचना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको विशेष आतिथ्यता रहेको थियो । अधिवेशनमा सहभागीले सञ्चारिका समूहले पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका भूमिका खेल्दै आएको बताएका थिए ।

सञ्चारिका समुहलाई सशक्त रुपमा अगाडि बढाउन सुझाव दिइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष बसुन्धरा गौतम, सल्लाहकार लक्ष्मी आचार्य, सञ्चारिका समूह दाङकी संस्थापक एवम् रासस दाङ प्रमुख नारायणी रजौरे, रेडियो मध्यपश्चिमका सचिव शारदा शर्मा, डब्लुडब्लुजेका उपाध्यक्ष पार्वती बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर