मेलम्ची : जुगल गाउँपालिका–५ ढाडेस्थित प्रहरीचौकी तेम्वाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा चोरीको मोटरसाइकलसहित चारलाई शुक्रबार नियन्त्रणमा लिएको छ । काठमाडौँबाट कालो रङ्गको केटिएम डुक मोटरसाइकलको नम्बरप्लेट परिवर्तन गरी चोरी गरी ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का ३९ वर्षीय अमर सापकोटा, दोलखा सिङ्गटीका २१ वर्षीय सुजन गुरूङ, दोलखाकै नामदु गाउँपालिकाका २० वर्षीय विनोद गहतराज र सोही जिल्लाको भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।
पक्राउ पर्नेलाई नियन्त्रणमा लिई सोधपुछको गर्ने क्रममा उक्त मोटरसाइकल काठमाडौँको पशुपति क्षेत्रको पार्किङस्थलबाट चोरी गरी ल्याइएको खुलेको हो । बा९२प ९६९ नंको २०० सिसीको मोटरसाइकको नम्बरप्लेट परिवर्तन गरी बा९८प ५३२५ नं बनाई ल्याएको अवस्थामा निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको मोटरसाइकलसहित चारैलाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडाँैमा शनिबार थप अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies