२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

नक्कली नोटसहित २ जना पक्राउ

Nada
२०८२ साउन २० गते १७:५२
Shares
नक्कली नोटसहित २ जना पक्राउ

सुनसरीः कोशी गाउँपालिका–८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका–१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् । 

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु.९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

uae

सम्बन्धित खबर