२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

Nada
२०८२ साउन १६ गते १५:२८
Shares
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काठमाडौं महानगरपालिका–३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौं महानगरपालिका–१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रदिप हमाल र काठमाडौं महानगरपालिका–३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् ।

पक्राउ मध्ये अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख २९ हजार रूपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख ६३ हजार रूपैयाँ, प्रदिपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रूपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौं महानगरपालिका–१३ बाट बुधबार तथा सुसानलाई काठमाडौं महानगरपालिका–३२ बाट, प्रदिपलाई काठमाडौं महानगरपालिका–२६ बाट र मञ्जुलाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुसान, प्रदिप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

uae

सम्बन्धित खबर