पाँचथरः आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका–७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएकी थिइन् । यसलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका६ गोलेगाउँबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।