२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई परोहा नगरपालिकाद्वारा राहत प्रदान

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ३१ गते १३:१८
Shares
बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई परोहा नगरपालिकाद्वारा राहत प्रदान

रौतहट : नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गणपति डिलक्स बस दुर्घटनामा ज्यान गुमाएका तीन घरपरिवारलाई परोहा नगरपालिकाले राहत प्रदान गरेको छ ।

ncell

परोहा नगरपालिकाका प्रमुख शेख वकिलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमद, इन्जिनियर दिपेन्द्र कुमार यादव तथा सम्बन्धित वडाका वडाध्यक्षको संयुक्त टोलीले मृतकका घरमा पुगेर प्रत्येक परिवारलाई नगद ११ हजार तथा ५० हजार रुपैयाँ बराबरको चेकसहित खाद्यान्न सामग्री प्रदान गरेको हो ।

उक्त दुर्घाटनामा ज्यान गुमाएका परोहा–४ लौकाहाका ओम राजकुमार साह, वडा नं. ६ बसन्तपट्टीका ऋषी कुमार सिंह र वडा नं. ९ रामपुर खापको सिकिन्द्र दासका घर परिवारलाई राहत प्रदान गरिएको हो । राहत प्रदान गर्ने क्रममा टोलीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर