२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

भरूवा बन्दुकसहित २ जना पक्राउ

Nada
२०८२ साउन ९ गते १८:२७
Shares
भरूवा बन्दुकसहित २ जना पक्राउ

कैलालीः गोदावरी नगरपालिका–८ स्याउलेबाट भरूवा बन्दुक २ थानसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्र बहादुर चौधरी रहेका छन् ।

ncell

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरूवा बन्दुक १ थान फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

uae

सम्बन्धित खबर