काठमाडौं : विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत आज भुटान र बंगलादेशका बीचमा प्रतिष्पर्धा हुँदैछ । शहिद रंगशालामा जारी पाँचौं संस्करणको पहिलो खेलमा तीन शुन्यले आयोजक राष्ट्र नेपालसंग पराजित भूटान जितको खोजीमा रहनेछ ।
बंगलादेशमा सन् २०१० देखि सुरु भएको साफको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको भुटानले हालसम्म कुनैपनि खेलमा जित हात पार्न सकेको छैन् । त्यसैगरि, एकपटक साफको उपविजेता बनिसकेको बंगलादेश भने भूटानमाथि दबाव कायम राख्न चाहन्छन् ।
पहिलो साफबाटै अघि बढेको बङलादेशले हालसम्म १५ खेल खेलेको छ। जसमा ७ मा जित, १ मा बराबरी र ७ मा हारको सामना गरेको छ ।बंगलादेशले चौथो संस्करणमा उपविजेता र त्यसअघि दुइपटक सेमीफाइनलसम्मको यात्रा तय गरेको छ।
यद्यपि साफमा भूटानले हालसम्म १२ खेलमा एकमा बराबरी गरेको छ भने, १२ खेलमा हार ब्यहारेको छ । भूटानले पहिलो साफमा श्रीलंकाविरुद्ध समान एक गोलको बराबरी गरेको थियो। त्यसयता भूटानको टोली जितको खोजीमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies