२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८२ साउन ८ गते १३:५९
Shares
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका–३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका–१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । 

ncell

गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी लगायका कागजातहरु माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिइ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा उनलाई सिन्धुली भिमान चोकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


 

uae

सम्बन्धित खबर