२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते १३:१७
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएकी २९ वर्षीया जुनु राना थापा मगर र काठमाडौं महानगरपालिका–३२ बस्ने बर्दिया गुलरिया नगरपालिका–२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् । 

पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ५४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका–१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका–३० बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise