२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते १८:३१
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जाः जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुम कुमारी दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले उक्त मुद्दामा २ महिना २३ दिन कैद सजाय ठहर भइ फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लगि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise