बारा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८२ असार १८ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–१ सिंगौलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।