२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

लायन्स क्लब अफ नेपालगञ्जद्वारा रक्तदान कार्यक्रम आयोजना

Nada
पवन जायसवाल
२०८१ असार २९ गते २१:४४
Shares
लायन्स क्लब अफ नेपालगञ्जद्वारा रक्तदान कार्यक्रम आयोजना

नेपालगञ्ज : लायन्स क्लब अफ नेपालगञ्ज भेरी बाँकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला, पुरुष गरी २० जनाले रक्तदान गरेका छन् ।

ncell

कार्यक्रममा लायन्स क्लब अफ नेपालगञ्ज भेरीकी अध्यक्ष  एम.जे.एफ. लायन डा. फरहत बानु, प्रथम उपाध्यक्ष लायन लक्ष्मी शाही भण्डारी, पूर्व जिल्ला गभर्नर एम.जे.एफ. लायन मुकुट ढकाल, एम.जे.एफ. लायन मधुसुदन शर्मा, प्रथम जिल्ला उपाध्यक्ष गभर्नर एम.जे.एफ. लायन ज्ञानेन्द्र श्रेष्ठ, रक्तदान कार्यक्रम संयोजक कृष्ण प्रसाद श्रेष्ठ, क्लब क्षेत्र नं.४ का एम.जे.एफ. लायन राजु रिजाल तथा अन्य क्लबका लायन भगवती भण्डारी, लक्ष्मी भण्डारी र नैना चापागाईं ज्ञवाली लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम श्री शुभकामना मेडिकल र प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । 

रक्तदान गर्नेहरुमा सफीक सल्मानी, डा. रत्न सुवेदी, अवुलेश मियाँ हलवाई, दिपकराज भट्ट, निदेश लम्साल, सुवाष थापा, विवेक शाही, एमडी सोयव हलवाइ, दिपेन्द्र घले, भगवती भण्डारी, लक्ष्मी शाही भण्डारी, नैना चापागाईं ज्ञवाली, बच्छ बहादुर रावल, अजय योगी, राजेन्द्र थारु, टेक बहादुर सुनार, विद्यान पौडेल, राम प्रसाद तिमिल्सेना, टंक साउद र मीन बहादुर बुढा लगायत २० जनाले रक्तदान गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर