२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एमनेष्टी इन्टरनेशनल नेपाल, समूह ६२ को नयाँ कार्यसमिति चयन

Nada
पवन जायसवाल
२०८१ असार २९ गते १६:४४
Shares
एमनेष्टी इन्टरनेशनल नेपाल, समूह ६२ को नयाँ कार्यसमिति चयन

नेपालगञ्ज  एमनेष्टी इन्टरनेशनल नेपाल, समूह ६२ को साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । पंकज कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सधामा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले द्वन्द्वको समयमा एमनेष्टी इन्टरनेशनल नेपालले द्वन्द्व पीडितहरुलाई समय समयमा पुर्‍याएको गोगदानबारे चर्चा गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

ncell

नेपालगन्ज उपमहानगरपालिका वडा नं.–४ का वडाध्यक्ष गोपाल पुनलगायतले आ–आफना विचार व्यक्त गरेका थिए । कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपालका केन्द्रीय सदस्य देवेन्द्र सिजुवाल, पूर्वसंयोजक विश्वजीत तिवारी, सुदिप भट्टलगायतको उपस्थितमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

अभिराज क्षेत्रीको संयोजकत्वमा नयाँ कार्यसमिति सर्व सम्मतले चयन गरिएको हो । समितिको सहसंयोजकमा सूर्यलाल यादव, सचिव अनूप वर्मा, सह–सचिव शुभम् पाठक, कोषाध्यक्ष माया गुप्ता चयन भएका छन् भने सदस्यहरुमा सन्तोषबाबु गुप्ता, प्रतिमा महत, प्रशान्त गिरी, मञ्जु आचार्य चयन भएका छन् ।

सो अवसरमा आर्थिक वर्ष २०८१/०८२ को माथि योजना पेश गरिएको थियो । सो योजनामाथि छलफल गरी सर्वसम्मतले पारित पनि गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर