२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

भाउजुको हत्या अभियोगमा देवर पक्राउ

Nada
२०८२ असार २४ गते १३:३५
Shares
भाउजुको हत्या अभियोगमा देवर पक्राउ

मोरङः आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ बस्ने ६९ वर्षीय टंक बहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

रतुवामाई नगरपालिका–६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा टंक बहादुरले आपसी झै(झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ । 

उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

uae

सम्बन्धित खबर