२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

लुटपाटमा संलग्न ३ जना पक्राउ

Nada
२०८२ असार २३ गते १३:४४
Shares
लुटपाटमा संलग्न ३ जना पक्राउ

काठमाडौंः लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भइ काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ ठमेलमा भारतीय पर्यटकहरूलाई अपरिचित व्यक्तिहरूले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको धुर्ब तारा कम्प्लेक्सको छैठौ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

uae

सम्बन्धित खबर