२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

shivam cement
मध्यान्ह
२०८२ असार २३ गते ११:०७
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर : भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।  

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ । 

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले संकलन गरेको सहयोग  परिवारलाई हस्तान्तरण गरिएको  छ ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईले संकलित एक लाख १४ हजार आठ सय ७१ रुपैयाँ रकम मृतक आफन्तलाई हस्तान्तरण गरेका हुन् । मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उनको भनाइ छ । 

“मृतक परिवारको आर्थिक अवस्था कमजोर छ” अध्यक्ष राईले भने,“सचिवालयबाट संकलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौं । गाउँपालिकाको तर्फबाट पनि सहयोग गछौं ।” शनिबार राति आफ्नै ज्वाइँले एकै परिवारका चार जनाको सामूहिक हत्या गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise