२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

तीनतारे प्रमाणीकरण गर्नुपूर्व विद्यालयको अनुगमन

Nada
सन्तोष पौडेल
२०८२ असार १२ गते २०:५२
Shares
तीनतारे प्रमाणीकरण गर्नुपूर्व विद्यालयको अनुगमन

बर्दिया : बर्दिया गेरुवा गाउँपालिकामा वास गेन्स परियोजना सञ्चालित विद्यालयहरुको अनुगमन गरिएको छ । संयुक्त अनुगमन टोलीले पशुपति माध्यमिक विद्यालय पशुपतिनगर र एकप्रिय राठोर माध्यमिक विद्यालय पाताभारको अनुगमन गरेको हो ।

ncell

अनुगमन टोलीले विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाको अवलोकन तथा शौचालय, हात धुने स्थान, खानेपानी, सरसफाइ व्यवस्थापनको अनुगमन गरेको हो ।

टोलीले विद्यालयमा पुगेर गेरुवा गाउँपालिकाले जारी गरेको ‘खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०८१’ मा उल्लेखित  १० वटा सूचकांक अनुसार विद्यालयले स्वमूल्यांकन गरेर भरेको स्कोर र प्रमाणको समीक्षा समेत गरेको छ ।

विद्यालयलाई तीनतारे प्रमाणीकरण गर्नु पूर्व गरिएको अनुगमनमा अनुगमन टोलीले विद्यालयलाई ३ तारा घोषणा गरेपश्चात त्यसको दिगोपनाको सुनिश्चितता गर्न विद्यालय लगाय सबै सरोकारवालाहरुले सहजीकरण गर्नुपर्ने कुरामा जोड दिएको छ । त्यस्तै हरीत विद्यालय कार्यक्रमलाई निरन्तरता दिइ वातावरण संरक्षणमा विद्यालयले विशेष अग्रसरता देखाउन सुझाव दिएको छ ।

अनुगमन टोलीमा  गेरुवा गाउँपालिकाकाका अध्यक्ष जमान सिंह के. सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, वडा अध्यक्षहरु,  विषयगत शाखाका प्रमुखहरु, वास गेन्स परियोजना सम्बद्ध संस्थाका पदाधिकारी तथा तथा परियोजनाका कर्मचारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्ध गराइ अपांगता भएका बालबालिकाहरु, किशोर किशारीहरुको पहुँच वृद्धि गरी सिकाईको वातावरण सृजना गर्दै दिगो विकास लक्ष्यको सुचक ४ को उपलब्धिमा योगदान पुर्‍याउने उद्देश्यले गेरुवा गाउँपालिकाका ६ वटा विद्यालयहरुमा युके एड र वाटर एडको सहयोगमा नेपाल प्रजनन् स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाद्वारा विगत ३ वर्ष देखि वास गेन्स परियोजना सञ्चालित छ ।

uae

सम्बन्धित खबर