२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

परिवर्तन गाउँपालिकाको नीति तथा कार्यक्रम पेश

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ असार ८ गते २२:४२
Shares
परिवर्तन गाउँपालिकाको नीति तथा कार्यक्रम पेश

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम आइतबार गाउँसभामा पेश गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले १९औं गाउँसभामा नीति, कार्यक्रम र बजेट अधिवेशन पेश गरेका हुन् । 

ncell

गाउँपालिकाले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, विभिन्न विषयगत ऐन तथा नियमावली, पन्ध्रौं योजनालगायत संघीय तथा प्रदेश सरकारबाट जारी निर्देशिका, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, दोस्रो आवधिक योजना, साथै विभिन्न समिति तथा सरोकारवालाबाट प्राप्त सुझावको आधारमा नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम योजनाबद्ध र दिगो विकासको अवधारणामा आधारित रहेको बताइएको छ । आगामी वर्षका साथै दीर्घकालीन लक्ष्यलाई ध्यानमा राख्दै पूर्वाधार, आर्थिक, सामाजिक, सुशासन, वातावरण तथा विपद् व्यवस्थापन जस्ता मुख्य क्षेत्र समेटिएको छ ।

आर्थिक विकासतर्फ कृषि सेवा, पशु सेवा, सहकारी, सिचाइ तथा जलाधार संरक्षण, पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना जस्ता कार्यक्रम समावेश गरिएका छन् । 

सामाजिक विकासतर्फ स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, फोहोरमैला व्यवस्थापन, कला–संस्कृति, लैंगिक समानता, महिला सशक्तीकरण, दलित, अपांगता, जेष्ठ नागरिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिइएको छ ।

पूर्वाधार विकासतर्फ सडक, भवन, पुल, सहरीकरण, ऊर्जा, सञ्चार तथा सूचना प्रविधिको विस्तारमा जोड दिइएको छ । साथै प्रशासन तथा सुशासन सुधार, कर्मचारी दक्षता विकास, सूचना तथा राजश्व प्रणाली सुदृढीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापनसमेत नीति कार्यक्रममा समावेश गरिएको छ ।

कार्यक्रममा अध्यक्ष बुढा मगरले नीति तथा कार्यक्रम र बजेटबारे थप सुझाव तथा छलफलका लागि गाउँसभाका सबै सदस्यलाई आइतबारदेखि मंगलबार (असार १० गते) मध्यान्ह १२ बजेसम्मका लागि समय छुट्याइएको जानकारी दिए । 

परिवर्तन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १० गते मंगलबार सार्वजनिक गर्ने जनाएको छ ।


 

uae

सम्बन्धित खबर