२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

स्थानीय तहमा निर्माण भएका शिक्षा नीति तथा योजनाको समीक्षा

shivam cement
सन्तोष पौडेल
२०८२ जेठ २४ गते २१:५६
स्थानीय तहमा निर्माण भएका शिक्षा नीति तथा योजनाको समीक्षा

बर्दिया : बर्दियाको मधुवनमा शिक्षा योजना, नीति समीक्षा र सिकाइ आदान–प्रदान कार्यशाला संचालन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (वि–ग्रुप) को साझेदारीमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजनाको सहयोगमा शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले कार्यशालाको आयोजना गरेको हो ।

स्थानीय तहमा निर्माण भएको शिक्षा नीति तथा योजनाको समीक्षा गर्दै शिक्षा क्षेत्र विकास योजना, कायान्वयनको अवस्था बारेमा छलफल गर्ने, संघ, प्रदेश र स्थानीय तहमा भएका शिक्षा सम्बन्धी प्रयासहरूको लेखाजोख गर्ने र सफल अभ्यासहरू साझा गर्ने उद्देश्यका साथ कार्यशालाको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्य बहादुर खत्रीले बताए ।

मधुवन नगरपालिका वडा नं. १ पथ्थरबोझीमा आयोजित कार्यशालामा शिक्षा सेवा आयोगका उपसचिव रामचन्द्र शर्माले शिक्षा योजना र नीतिको अवधारणा एवम् आवश्यकता तथा विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन उपर समूहकार्य, मस्तिष्क मन्थन, प्रश्नोत्तर छलफल र प्रस्तुतीकरण विधिबाट सहजीकरण गरेका थिए ।

कार्यशालामा मधुवन, वारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका तर्फबाट स्थानीय शिक्षा नीतिमा भएको व्यवस्था, कार्यान्वयनमा चुनौती र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रस्तुतीकरण गरिएको थियो । 

कार्यशालामा चार वटै पालिकाका सामाजिक विकास समितिका संयोजक तथा सदस्य, शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख तथा प्रतिनिधि, परियोजना संचालन भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise