२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

खानेपानी तथा सरसफाइसम्बन्धी अभिमुखीकरण सम्पन्न

Nada
युवराज पुन
२०८२ जेठ २० गते २२:३३
Shares
खानेपानी तथा सरसफाइसम्बन्धी अभिमुखीकरण सम्पन्न

नवलपरासी : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाको अध्यक्ष एवं सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा खानेपानी तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । 

ncell

खानेपानी जिल्ला महासंघ नवलपरासीको आयोजना, सुनवल नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा प्रशिक्षक ईश्वरी आचार्यले प्रशिक्षण दिएकी थिइन् । 

सुनवल नगरपालिका महासंघको अध्यक्षमा श्रेष्ठ

यसैबीच सुनवल नगरपालिका महासंघको प्रथम अधिवेशन सम्पन्न भएको छ । 

जिल्ला खानेपानी महासंघ नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाको अध्यक्षता तथा खानेपानी लुम्बिनी प्रदेश महासंघ अध्यक्ष थान प्रसाद गैरेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनबाट एक सदस्य समावेश गर्ने गरी ९ सदस्यीय सुनवल नगरमहासंघ सर्वसम्मत रुपमा चयन भएको छ । संजय कुमारे श्रेष्ठ (सुनवल खानेपानी)को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा रुपा थापा (रामनगर खानेपानी), सचिवमा अर्जुन श्रीपाली(बडेरा खानेपानी), सह–सचिवमा केशवकान्त न्यौपाने(अँधेरो खोला), कोषाध्यक्षमा सुमन पाण्डेय (लोकेश्वर खानेपानी), सदस्यमा लोक प्रसाद श्रेष्ठ (बनकट्टि खानेपानी), खर्सुराम पोखरेल (स्वाँठी खानेपानी),धर्मागत भुषाल(रामनगर खानेपानी) चयन भएका छन् । यस्तै पचभैया खानेपानीका एक जना सदस्य पछि नियुक्त गरिने जनाइएको छ । 

सम्बन्धित खबर