२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

Nada
२०८२ जेठ २० गते १७:२३
Shares
स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

पर्साः वीरगंज महानगरपालिका–२१ स्थित परवानीपुर चोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार जिल्ला बेतीया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमार रहेका छन् । 

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

uae

सम्बन्धित खबर