२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

Nada
२०८२ जेठ २० गते ०९:५३
Shares
‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

झापा : झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।

ncell

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उनले  करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए। डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

ताजा खबर

सम्बन्धित खबर