२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

शिक्षकलाई मोबाइल एप संचालन तालिम

Nada
सन्तोष पौडेल
२०८२ जेठ १७ गते २२:२३
Shares
शिक्षकलाई मोबाइल एप संचालन तालिम

बर्दिया : ‎बर्दियाको गेरुबा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुलाई मोबाइल एप संचालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

ncell

गाउँपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) अध्यावधिक गर्न मोबाइल एप सम्बन्धी तालिम प्रदान गरिएको हो ।

‎तालिममा शिक्षकहरुलाई वास प्लानबारे जानकारी गराउने  र वास प्लानभित्र रहेको स्कूल एपका बारेमा पूर्ण रूपमा जानकार बनाउँदै मोवाइल एपबाट वास सम्बन्धी तथ्यांक लिन सक्षम बनाउन तालिमको आयोजना गरिएको गेरुवा गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता शाखा प्रमुख रमेश बजगाईंले बताए ।

‎तालिममा गेरुवा गाउँपालिकाका २६ वटा सामुदायिक विद्यालयक २६ जना  शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो । तालिको सहजीकरण गेरुवा गाउँपालिकाका सूचना प्रविधि अधिकृत कृष्ण सोडारीले गरेका थिए ।


 

uae

सम्बन्धित खबर