२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सगरमाथा विश्वको गौरव : मन्त्री पाण्डे

Nada
२०८२ जेठ १५ गते ११:०२
Shares
सगरमाथा विश्वको गौरव : मन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथालाई विश्वको गौरव भएको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि चेतना जगाउन र विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्न सबैले सक्रियता देखाउनुपर्ने बताए ।

ncell

मन्त्री पाण्डेले भने, “सगरमाथा हाम्रो पहिचान र गौरव हो । यसले विश्वको ध्यान खिचेको छ । सगरमाथा संवादमार्फत हामीले जलवायु परिवर्तनले नेपाल र विश्वलाई पारेको असरबारे जानकारी गराएका छौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् क्षेत्र मात्र होइन, समग्र पृथ्वी नै प्रभावित हुन्छ । यो नेपालको मात्र नभई विश्वको साझा समस्या हो ।”

सगरमाथा दिवसमा ठमेलमा प्रभातफेरी आयोजना गरियो, जसमा मन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पर्यटन व्यवसायी, सरकारी कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारण सहभागी थिए ।

यसअघि, नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सालिकमा माल्यार्पण गरिएको थियो । सन् १९५३ मे २९ मा तेञ्जिङ र हिलारीले पहिलोपटक सगरमाथा चढेको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

ताजा खबर

सम्बन्धित खबर