२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अफताब आलम रिहा

Nada
२०८२ जेठ १४ गते २०:५८
Shares
अफताब आलम रिहा

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्जको इजलासले बुधबार उनलाई निर्दोष ठहर गरेपछि उनी रिहा भएका हुन् । अदालतको सफाइको आदेश कारागारमा पुगेसँगै आलमलाई ललितपुरको नख्खु कारागारबाट छुटाइएको हो ।

ncell

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । तर उच्च अदालत वीरगञ्जले सो फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो ।

वि.सं. २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति रौतहटको राजपुरस्थित इँटाभट्टामा मानिसलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर