२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

राजीनामा दिएर अनुसन्धानमा सघाउन गृहमन्त्री लेखकलाई नेता कोइरालाको सुझाव

Nada
२०८२ जेठ १० गते १५:१५
Shares
राजीनामा दिएर अनुसन्धानमा सघाउन गृहमन्त्री लेखकलाई नेता कोइरालाको सुझाव

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

ncell

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। 

उनले भने, ‘रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त। उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरे। छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’

उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर