२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

परराष्ट्रमन्त्री डा. राणा जापान प्रस्थान

Nada
२०८२ जेठ ६ गते १०:४८
Shares
परराष्ट्रमन्त्री डा. राणा जापान प्रस्थान

काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । जापानको टोकियोमा बुधवारदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

ncell

जापानमा मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने उनको सचिवालयले जनाएको छ । 

ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) सुरक्षित मातृत्व सञ्जाल लगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी उनलाई  सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो ।  

ताजा खबर

सम्बन्धित खबर