२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

रविन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिट चुडाल र श्रेष्ठको इजलासमा

मध्यान्ह
२०८२ जेठ २ गते ११:३२
रविन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिट चुडाल र श्रेष्ठको इजलासमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको तर्फबाट उनीकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेशी चढेको छ । आज (शुक्रबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुँदैछ ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले नीजी भवन, व्यवसायिक भवन र सार्वजनिक सम्पत्ति तोडफोट, आगजनी र लुटपाट गरेका थिए । सोही दिन बेलुका प्रक्राउ परेका मिश्र अझै थुनामा छन् ।

मिश्रलाई बिहीबार इजलासमा सशरीर उपस्थित गराइएको थियो । प्रतिशोध साँधेर मिश्रलाई गैरकानुनी थुनामा राखेको रिट निवेदकको जिकिर छ ।

ADV

सम्बन्धित खबर