२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

माओवादीको आपत्ति : पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बस्छन्

मध्यान्ह
२०८२ वैशाख ३० गते १३:२६
माओवादीको आपत्ति : पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बस्छन्

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका हुन् । 

प्रदेश सांसद पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी थिए। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि थिजएन्थ्यो । राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागि हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले सुशासनको कुन यो कस्तो नमूना हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पूर्जी जारी भएको आफ्नौ पार्टीको सांसद छन् । प्रहरी प्रशासन जाँदाखेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ । प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन् । सुशासनको कुन चाँही नमुना हो यो रु अर्को कुरा, गभर्नर नियुक्तिको सवालमा संसारले देख्नेगरी, इतिहासलाई नै ब्रेक गर्नेगरी रिक्त रहेको अहिलेको अवस्था छ । यो विषयमा के हुनुपर्ने हो के भइरहेको छ दुनियाँको अगाडि छर्लङ्ग छ ।’ 
 

ADV

सम्बन्धित खबर