२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

Nada
२०८२ वैशाख २९ गते १०:२०
Shares
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

काठमाडौँ : भारत र पाकिस्तानबीच आज (सोमबार) वार्ता हुँदैछ । दुई हप्ताअघि जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध सुरु भएको थियो ।

ncell

शनिवार मात्रै पूर्ण तहको युद्ध विराम घोषणा भएपछि दुवै देशका आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्ध विराम गरेका दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार आज वार्ता हुन लागेको हो ।

आज दिउँसो दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो पटक दुईदेशबीच सैन्य कारबाही हुन थालेपछि छिमेकी राष्ट्र नेपाल र चीनसहित अमेरिका लगायत युरोपियन देशहरूले विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुवै देशलाई अपिल गरेका थिए । अमेरिकाले दुई देशबीच तत्काल युद्ध विरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्ध विरामका लागि पहल गरेको थियो ।

अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुङ्गिए आफू मध्यस्थता गर्न तयार रहेको पनि बताएको थियो । 

सम्बन्धित खबर