२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आईएमई लाइफका बीमित तथा अभिकर्तालाई ह्याम्समा छुट

Nada
२०८२ वैशाख २८ गते २०:५८
Shares
आईएमई लाइफका बीमित तथा अभिकर्तालाई ह्याम्समा छुट

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरूलाई ह्याम्स अस्पतालको सेवामा छुट पाउने भएका छन् । बीमा कम्पनी र अस्पतातबीच भएको सहमतिअनुसार कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरूले अस्पतालले प्रदान गर्ने उपचारसेवामा १० प्रतिशत छुट साथै औषधि खरिदमा पाँच प्रतिशत छुट प्राप्त गर्ने भएका हुन् ।

ncell

आईएमई लाइफ र ह्याम्स अस्पतालबीच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छ्ट सुविधाको लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित खबर